site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यका सबै संयन्त्रहरूलाई गणतन्त्रमैत्री बनाउनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरू लोकतान्त्रिक हुन नसकेका बताएका छन् । 

उनले राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएका हुन् । उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिस लिगेसीमा हुर्केको र राणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए । 

नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएको उनको भनाइ छ । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको उनको भनाइ छ ।

यसबारे उनले थप भने, “गणतन्त्र स्थापनापछि हाम्रो कर्मचारीतन्त्र नयाँ बनाउन सकेका छैनौँ । ३००/४०० वर्ष अगाडि ब्रिटिस लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासनले, शाह शासनले, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्विक फरकपन ल्याउन सकेको छैन । त्यसमा लोकतान्त्रिकरण हुन बाँकी छ । त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखि, गणतन्त्रमैत्री बनाउन बाँकी छ । नेपाल प्रहरीमा यति धेरै राजनीतिकरण भयो । बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र । हामी राजनीतिक दलहरूले प्रहरीलाई पंगु बनाएका छौँ । यतिधेरै राजनीतिकरण भयो, पार्टीकरण भयो । गुटकरण भयो । व्यक्तिकरण भयो अहिले । नेता–नेताको प्रहरीको हाकिम छन् । प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन अहिले । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता, श्रेष्ठता, पुष्टि गर्न सकेको छैन । किनभने प्रहरीलाई ध्वस्त बनाएका छौँ हामीले । नेपाल प्रहरीलाई वा सशस्त्र प्रहरीलाई लोकतान्त्रिकरण नगरिकन संघीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो प्रतिफल प्राप्त गर्न सक्दैन । एउटा प्रहरीले कुनै व्यक्तिले मुद्दा हाल्यो भने प्रहरीले उजुरी लिन सक्दैन । नेतासँग सोधेर मात्रै । मन्त्रिहरूसँग सोधेर मात्रै । सांसदहरूसँग सोधेर मात्रै लिने कि नलिने भनेर फैसला गर्छ । कति धेरै राजनीतिकरण भयो ? कति धेरै भ्रष्ट बनाइयो ? यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरीमाथि उठ्न सक्दैन ? सुशासनको अभिष्ट पूरा गर्न सक्दैनौँ । शान्ति, सुव्यवस्था कायम गर्न सक्दैनौँ । नेपाली सेनालाई गणतन्त्रमैत्री बनाउन सकिएको छैन । यो सबैभित्र लोकतान्त्रिकरण गर्नुपर्छ । सरकारका पुराना संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाऔँ ।” 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro