site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गुणस्तर परिषद्‌बाट कपडाको परीक्षण विधि पारित
फाइल तस्बिर ।

काठमाडौं । नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकबाट नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरिएको हो ।

गुणस्तर मापदण्ड पारित गरिएसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी त्यसलाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यस्तै, सुरक्षित सिसाको समेत मापदण्ड पारित गरिएको छ । सुरक्षित सिसालाई पनि विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ ।

गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको अध्ययन गरी विभागको प्राविधिक समितिले परिषद्‌ पठाउने गर्छ । परिषद्का सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro