site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जीबी राईलाई नेपाल ल्याउन मलेसिया सरकारसँग निरन्तर संवादमा छौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी बचत रकम अपचलनमा संलग्न जीबी राई मलेसियामा रहेको र नेपाल ल्याउन त्यहाँका गृहमन्त्रीसँग दुईपटक संवाद भएको बताएका छन् ।

उनले दुबै देशका राज्यसंयन्त्र संवादमा रहेको जानकारी दिए । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले मलेसिया सरकारले मागेबमोजिम कागजपत्र पठाउने काम भएको र जीबी राईको राहदानी खारेजीको प्रक्रिया अघि बढाउँदा राहदानी विभाग र अदालतले अवज्ञा गरिदिएको बताए । 

“उनी फरार भएको आठ महिनापछि म मन्त्रालयको नेतृत्वमा आएको हुँ,” उनले भने, “आकासमा भए पनि पातालमा भए पनि पक्राउ गर्छाैँ मैले नै भनेको हो । म आफ्नो भनाइमा मात्र होइन काम गराइमा पनि इमान्दार भएर लागि परेको छु ।”

उनले जीबी राईलाई नेपाल ल्याएर पीडित जनताको रकम फिर्ता गर्न सरकार प्रयासरत रहेको बताए । “निरन्तर रूपमा लाग्दै आएका लान्छनाबाट मुक्ति पाउन सत्यतथ्य उद्घाटित हुन व्यक्तिगत रूपमा मेरो लागि पनि उनको पक्राउ ब्यग्र प्रतिक्षाको विषय हो,” उनले थपे, “राजनीतिक र कुटनीतिक प्रयासबाट उनलाई नेपाल ल्याउन सरकार सफल हुने पूर्ण विश्वास छ ।”
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro