site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मुड्केचुला भ्रष्टाचार : उपभोक्ता समितिका अध्यक्ष दोषी ठहर, इन्जिनियर र ठेकेदार कारबाहीमा 

काठमाडौं । विशेष अदालतले डोल्पाको मुड्केचुला गाउँपालिकाको घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माणमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार उपभोक्ता समितिका अध्यक्ष, गाउँपालिकाका इन्जिनियर र ओभरसियरलाई दोषी ठहर गरेको हो । 

विशेष अदालतले गाउँपालिकाका निमित्त वडाध्यक्षसहितका स्वीकृतकर्तालाई भने सफाइ दिएको छ । बढी रकमको बिल भौचर बनाउन स्वीकृत गरेका इन्जिनियर देवराज रावत र ओभरसियर दिपनारायण यादवलाई तीन महिना कैद र जनही तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवानाको फैसला गरेको छ । 

यस्तै, घुम्चो खोलादेखि महादेवसम्मको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकायालाई तीन लाख ६५ हजार ९५० रुपैयाँ ७६ पैसा जरिवाना हुने र कायम भएको विगो १० लाख ९७ हजार ९५० रुपैयाँ २९ पैसा उनीबाटै असुल हुने फैसला गरेको हो ।

गाउँकार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सडक आयोजना सञ्चालन भएको मुड्केचुला गाउँपालिका–८ का तत्कालीन कार्यवाहक वडाध्यक्ष धनबहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई भने अदालतले सफाइ दिएको छ । अख्तियारले निमित्त प्रशासकीय अधिकृत डाँगीले उनीहरूले ल्याएको काम गरेकोभन्दा बढी बिल भरपाइ सदर गरेको भन्दै प्रमुख विपक्षी बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro