site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
औषधि खान राखेको पैसा सहकारीले खाइदिए ! (तस्बिरहरू)

काठमाडौं । सहकारीका बचतकर्ताले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । औषधिका खाली खोल देखाएर उनीहरूले सांकेतिक विरोध गरेका हुन् ।

औषधि खान जम्मा गरेको बचत सहकारीले खाइदिएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराए । उनीहरूले ‘...सरकार आँखा खोल’, ‘...सरकार कान खोल’ जस्ता नारा लगाएका थिए । उनीहरूले माइतीघरबाट रिङरोड क्षेत्रमा मोटरसाइकल र्‍याली समेत गरे ।

३२ दिनयता उनीहरू रिले अनशनमा छन् । आजै साँझ पैदलयात्रा गर्दै शान्तिवाटिकामा पुगेर अनशनलाई निरन्तरता दिने उनीहरूले बताएका छन् ।

थप तस्बिर हेर्नोस्–

s3-1719219629.jpg

s4-1719219630.jpg

s5-1719219630.jpg

s2-1719219629.jpg

s1-1719219629.jpg

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro