site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हमासलाई शक्तिबाट नहटाएसम्म युद्ध जारी : इजरायली प्रधानमन्त्री
Argakhachi Cement Island Ad

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले  दक्षिणी गाजाको रफाह क्षेत्रमा भइरहेको आक्रमण लगभग सकिने अवस्थामा पुगेको जनाएका छन् । “तर, यसको मतलब युद्ध अन्त्यको अवस्थामा पुगेको भने होइन,” उनले भनेका छन् । 

हमासलाई शक्तिबाट पूर्ण रूपमा बाहिर नलगेसम्म युद्ध जारी रहने उनले बताएका छन् । उनले इजरायली सेनाले लेबनानको बोर्डरमा पुनः ट्रुप्स खटाउने उल्लेख गर्दै त्यस क्षेत्रमा हिजबुल्लाहको फायरिङ बढिरहेको जनाए । 

उनले वेस्ट बैंकमा रहेको प्यालेस्टानी अथोरिटीले हमासको सट्टामा गाजा क्षेत्रमा पनि शासन गर्नुपर्छ भन्ने विचार  आइरहेकोमा त्यसलाई पनि अस्वीकार गरेका छन् । बीबीसी

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्