site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नयाँ कार्यक्रम गर्न निकै कम बजेट छ : शिक्षामन्त्री 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नयाँ कार्यक्रमका निम्ति मन्त्रालयमा निकै कम बजेट रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले शिक्षा मन्त्रालयका निम्ति छुट्ट्याइएको बजेटमध्ये करिब ९३ प्रतिशत अनिवार्य दायित्वमा खर्च हुने उल्लेख गरिन् । त्यसबाट जोगिएको केही रकम मात्र नयाँ कार्यक्रमका लागि छुट्टाइएको उनले बताइन् । सार्वजनिक विद्यालयको रूपान्तरणलगायत धेरै प्रभावकारी कार्यक्रमको सुरुआत आउँदो आर्थिक वर्षदेखि हुने उनको भनाइ छ ।

उनले शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न नयाँ शिक्षा ऐनसम्बन्धी विधेयक सदनमा विचाराधीन रहेको बताइन् । शिक्षकहरू प्रशासनको उच्चतम विन्दु रहेकाले दलीय आबद्धताबाट टाढा लैजानुपर्नेमा उनले जोड दिइन् ।

सामुदायिक र निजी क्षेत्रका विद्यालयको पढाइमा गुणस्तर फरक छ भन्ने भाष्य जबरजस्ती बनाइएको उनले बताइन् । सामुदायिक विद्यालयको मनोबल उच्च बनाउनुपर्ने उनले उल्लेख गरिन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro