site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेल एपमा माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी हुने  

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत सात लैनचौरस्थित एनसेल आइकनमा हस्ताक्षर गरेका हुन् ।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अरू सुविधा रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत यो सम्झौता गरिएको हो । सम्झौताअनुसार, माछापुच्छ्रे बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप र वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्ज गर्न सक्नेछन् । साथै, सेवा तथा सुविधा खरिदका निम्ति भुक्तानी समेत गर्न सक्नेछन् ।

एनसेलका वितरक तथा खुद्रा बिक्रेताले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यो सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने एनसेल र माछापुच्छ्रे बैंकको विश्वास छ । एनसेल एपमा अरू सुविधा पनि रहेकाले ग्राहकलाई देशभित्र मात्र नभई बाहिर रोमिङमा रहँदा समेत सुविधा प्रदान गर्ने जनाइएको छ ।

माछापुच्छ्रे बैंक नगदरहित बैंकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको जानकारी गराइएको छ । फरक–फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका निम्ति नवीन उत्पादन र सेवा ल्याउन माछापुच्छ्रे बैंक सधैँ तत्पर रहँदै आएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro