site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकार विवादको रिट ‘हेर्दाहेर्दै’मा
SkywellSkywell

काठमाडौं । कोसी प्रदेश सरकार विवादको रिट आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएकाले रिट पुनः हेर्दाहेर्दैमा राखिएको हो । यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।

KFC Island Ad
NIC Asia

कोसीका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । आफूविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव समेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएपछि उनी सर्वोच्च पुगेका हुन् ।

आफूविरुद्ध अविश्वास प्रस्ताव नल्याएको, राजीनामा नदिएको र पदमुक्त हुने अरू आधार केही नभएको अवस्थामा नयाँ मुख्यमन्त्री नियुक्त गरिएको भन्दै उनले अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश नदिएपछि अन्तिम फैसलामै आदेश हुने गरी सुनुवाइ अघि बढाइएको हो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro