site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेल क्षेत्रमा साधन स्रोत सीमित, चाहना असीमित : मन्त्री श्रेष्ठ 

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा  साधन स्रोत सीमित र चाहना असीमित रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले स्रोतले नपुग्ने योजना माग भएर आएको बताए । 

“स्रोत साधान एकदमै सीमित छन् । चाहना असीमित छन् । यसपालि मन्त्रालयमा माग भएर आएको योजना लगभग १५ सय वटा थियो । त्यो सबै बनाउन हिसाब गर्दा सालाखाला १५ खर्ब चाहिने रहेछ । हामीले खर्च गर्न मिल्ने डेढ अर्ब छ,” उनले भने । 

मन्त्री श्रेष्ठले लागुऔषधको समस्या विकाराल देखिएको बताए ।  युवाहरूमा मानसिक समस्या पनि देखिएको उनले बताए । 

“लागुऔषधको समस्या युवाहरूमा बढ्दै गएको । १६ देखि २५ वर्षको युवामा मानसिक समस्या अझ बढी छ ।डिप्रेसनमा जाने । समाजिक सञ्जालमा पनि प्रतिक्रिया हेर्नुभयो भने अशिष्ट हुन थालेको छ । त्योचाहिँ मनोवैज्ञानिक रोगले गर्दा हो । त्यसका लागि कार्यक्रम पनि ल्याएका छौँ,” उनले भने ।

उनले आगामी वर्षबाट खेलाडीको पुरस्कार रकम बैंक खातामा नै जाने व्यवस्था मिलाइएको जानकारी दिए ।क्रिकेटको क्रेज एकदमै बढेकाले धेरै रकम मुलपानीमा विनियोजन गरिएको उनले बताए । उनले शासकीय व्यथिति सुधार गर्न आवश्यक रहेको बताए । 

“शासकीय बेथिति धेरै रहेछ । शासकीय व्यथिति सुधार गर्न संसद् एक ठाउँमा छ । आज हामी सरकारमा छौं । भोलि को हुन्छौँ,” उनले भने ।
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro