site stats
बाह्रखरी :: Baahrakhari
खेल
अभिक शीर्ष स्थानमा

काठमाडौं । एसईई कप २०२४ र्‍यापिड चेस प्रतियोगिताको पहिलो दिन शनिबार अभिक शाह चार अंकसहित शीर्ष स्थानमा छन् ।जेम्स स्कुलका १,८२५ रेटिङका अभिकले मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै चार अंक बनाएका हुन् ।

शीर्ष वरीयता १,९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै अभिकसमान चार अंक बनाए । समान अंक भए पनि ‘टाइब्रेकर’का आधारमा अभिक अगाडि छन् ।

गल्र्सतर्फ अंशु दिल प्रजापति शीर्ष स्थानमा छिन् । उनले दुई अंक बनाएकी छिन् । जेसिका सिंह एक अंकसहित दोस्रो स्थानमा छिन् ।

हिमालयन चेस एकेडेमीको आयोजना र गोल्डेनगेट इन्टरनेसनल कलेजको प्रायोजनमा आयोजित एसईई कप सातौँ चरणको प्रतिस्पर्धासँगै आइतबार (भोलि) सम्पन्न हुनेछ ।

विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्योसँगै गोल्डेनगेट कलेजमा छात्रवृत्ति पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:३५
प्रतिक्रिया दिनुहोस्