site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भट्ट गभर्नर कार्यालय तानिए, आर्थिक अनुसन्धान विभागमा खरेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वराज पौडेलले डा. गुणाकरण भट्टलाई गभर्नर कार्यालयमा तानेका छन् । भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नर कार्यालयमा तानिएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले जानकारी दिए ।

भट्टले गभर्नर बन्न कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामा स्वीकृत नभएपछि छनोट प्रक्रिया नै गिजोलिएको थियो । पछि गभर्नर छनोट समितिमा रहेका पौडेल राजीनामा दिएर गभर्नर बनेका थिए ।

Argakhachi Cement Island Ad

यसअघि, गभर्नर कार्यालयको कार्यकारी निर्देशकमा डा. प्रकाशकुमार श्रेष्ठ थिए । उनको कार्यकाल शनिबार (जेठ १०) गते सकिएको छ ।

भट्टलाई गभर्नर कार्यालय तानेपछि आर्थिक अनुसन्धान विभाग प्रमुखमा डा. रामशरण खरेललाई पठाइएको छ । खरेल हाल मानव संशाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।

त्यस्तै, बैंकिङ विभागको कार्याकारी निर्देशक विश्रुत थापालाई मानव संशाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

गभर्नर पौडेलले सचिवालयमा शरण अधिकारीलाई ल्याएका छन् । उनलाई बोर्ड सचिवको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्