site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मंगोलियामा गर्मी याममा हिमपात 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मंगोलियाको राजधानी उलान बातोरलगायत केही भागमा गर्मी याममा समेत हिमपात भएको छ । बिहीबार बिहानैदेखि देशका पूर्वी, पश्चिम र मध्य भू–भागमा भारी वर्षा भइरहेको छ । 

शुक्रबार बिहानैदेखि हिमपात भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । 

Dabur Nepal
NIC Asia

मंगोलियामा कठोर महाद्वीपीय जलवायु छ । गर्मीमा हिउँ एक दुर्लभ घटना भएको विज्ञहरूले बताएका छन् । 

देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सम्भावित प्रकोपबाट बच्न थप सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । 

त्यहाँका मौसमविद्हरूले अस्थिर मौसमको अवस्था सप्ताहन्तसम्म जारी रहने बताएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro