site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निसानको म्यागनाइट एसयूभीमा चार वर्षसम्म ‘फ्री फ्युल’

काठमाडौं । निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयूभी निसान म्यागनाइटमा नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले निसान म्यागनाइट गाडीको चार वर्षसम्म निःशुल्क इन्धन ‘फ्री फ्युल’सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले चार वर्षका लागि ‘फ्री रनिङ कस्ट’सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत् चालु आर्थिक वर्षका लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको कम्पनीले जनाएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाका अनुसार निसान म्यागनाइट एसयूभी उत्कृष्ट पर्फमेन्ससहित, कम्फर्ट (आरामदायी) र स्टाइल (आधुनिकशैली) प्रदान गर्न डिजाइन गरिएको एसयूभी हो । जसले गर्दा यो नेपाली सडक तथा नेपाली गाडी खरिदकर्ताहरूका लागि प्रथम र उत्तम रोजाई बनेको छ । नयाँ ग्राहकहरूलाई विभिन्न लाभ तथा फाइदाहरू सहित यो नयाँ योजना प्रस्तुत गरिएको उनले बताए ।

सन् २०१७ मा स्थापना भएको पायोनियर मोटाे कर्पका देशभर १३ वटाभन्दा बढी सोरूमहरू रहेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro