site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्युरोडलाई ‘नो भेहिकल जोन’ बनाउने महानगरको प्रस्तावविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रलाई काठमाडौं महानगरपालिकाले सवारी निषेधित क्षेत्र बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेपालकै ऐतिहासिक महत्व बोकेको न्युरोड क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै स्थानीयले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

महानगरले आफ्नो नीति तथा कार्यक्रममा न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने प्रस्ताव राखिएकाले विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

Dabur Nepal
NIC Asia

स्थानीय वासिन्दा मदनकुमार कार्कीले महानगरले गरेको प्रस्ताव व्यवहारिक नभएको र स्थानीयको भावना विरोधी रहेको बताए । स्थानीय बासिन्दाको सम्पत्ती छाडेर नेपालको पहिलो पिच गरिएको बाटो निर्माण गरिएको भन्दै यसलाई मास्न नहुने बताए । 

त्यस्तै स्थानीय शैलेशरत्न शाक्यले स्थानीयको आवाजलाई दवाएर महानगरले कुनै काम गर्न नपाउने बताए । उनले ऐतिहासिक स्थानलाई ‘नो भेलिकल जोन’ बनाउने कुराको विरोध हुनु स्वभाविक रहेको जिकिर गरे । 

स्थानीयबासी कोमल तुलाधरले न्युरोड क्षेत्रलाई ‘नो भेहिकल जोन बनाउदा’ यस क्षेत्रको व्यापार व्यवसाय ठप्प हुने र स्थानीय विरामीका साथै समस्या हुँदा असर पर्ने बताए । 

स्थानीयले ‘भेहिकल फ्रि जोन धोका हो, हामी मान्दैनौँ’, ‘न्युरोडमा गाडी जीवनको सामान्य आवश्यकता हो’, ‘सेभ न्युरोड’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro