site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मेलम्ची खानेपानीलाई एडीबीले दुई अर्ब अनुदान दिने
फाइल तस्बिर ।

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब अनुदान दिने भएको छ । सञ्चालनमा नआउँदै विसं. २०७८ सालको बाढी र पहिरोले आयोजनाको हेडबक्समा ठूलो क्षति पुर्‍याएको थियो । 

क्षति भएको हेडबक्स निर्माणका लागि एडीबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) भन्दा बढी नेपाली रुपैयाँ अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । 

बाढीसँगै बगेर आएको गेग्रान र ढुंगाले हेडबक्सका सम्पूर्ण संरचना पुरेपछि झन्डै एक हजार मिटर माथि हेडबक्स बनाउने तयारी भइरहेको बेला एडीबीले दुई अर्बभन्दा बढी नेपाली रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए । 

दुई वर्ष अघिदेखि नै उसले हेडबक्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आए पनि मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएपछि आयोजनाले हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । 

आयोजनाले चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसका लागि झन्डै साढे तीन अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ । –न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro