site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम गर्नु छैन भने राजीनामा दिएर निस्कौँ, खल्तीमा लिएर नहिँडौँ : सांसद झा
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले मन्त्रीहरूलाई खल्तीमा राजीनामा लिएर नहिँड्न आग्रह गरेकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको अभिव्यक्ति दिएको सुनेर आफूलाई दुःख लागेको बताइन् । उनले मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नु राम्रो नभएको बताइन् । मन्त्री भएर राम्रो काम गर्न नसके राजीनामा दिएर निस्कन आग्रह पनि गरिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

"गृहमन्त्रीलाई अस्ति एनजीओको खाजा खानुभएन त्यसको लागि म धन्यवाद दिन चाहन्छु । र, गृहमन्त्रीले सय दिनको समीक्षा गर्नुभयो, त्यसमा के भन्नुभयो भने राम्रो काम गरेको छैन भने केही नराम्रो काम पनि गरेको छैन । त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु," उनले भनिन्, "कुनै मन्त्रीले खल्तीमा राजीनामा लिएर हिँडेको सुनेर मलाई दुःख लाग्यो । त्यो राम्रो कुरा होइन । यदि हामी मन्त्रिपरिषद्मा छौँ भने राजीनामा लिएर नहिँडौँ । मन्त्री भएर बसौँ । राम्रो काम गरौँ । काम राम्रो गर्नुछैन भने राजीनामा दिएर निस्कौँ । खल्तीमा लिएर नहिँडौँ । कोही मन्त्री होस् । कुनै पार्टीको मन्त्री होस् ।"

उनले राजदूतको पदलाई राजनीतिक भागबन्डा गर्नु नहुने बताइन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro