site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनसुन निकै सुस्त गतिमा, देशभर फैलन अझै एक साता लाग्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि सुस्त गतिमा बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोसी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोसी प्रदेशका सबैजसो जिल्लामा वर्षा भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मनसुन भित्रिएको लामो समय भइसके पनि निकै सुस्त गतिमा रहेकाले काठमाडौं आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।

“मनसुन कोसी प्रदेशको पूर्वतिर छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ, तर निकै सुस्त गतिमा । काठमाडौं आइपुग्न दुईदेखि तीन दिन र काठमाडौं पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ,” मौसमविद् मानन्धरले भनिन् ।

Global Ime bank

अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement