site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तनावबीच मोदी र ट्रुडोको भेटघाट

रोम । इटालीमा हालै सम्पन्न जी–७ शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रमुख मुद्दामा क्यानडा र भारतले आपसमा सहयोग गर्ने बताएका छन् । 

यद्यपि, ती मुद्दा के हुन् भन्ने बारेमा उनले बताएनन् । भेटमा उनले भारतीय प्रधानमन्त्रीसँग सिख नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा कुरा भयो कि भएन भन्ने बारेमा पनि केही बताएनन् ।

क्यानडाका प्रधानमन्त्रीले निज्जरको हत्यामा भारतको हात रहेको क्यानडाको संसद्‌मा बोलेका थिए । सो भनाइपछि भारत र क्यानडाबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । 

शनिबार बिहान इटालीमा आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले भनेका थिए, “म महत्त्वपूर्ण र संवेदनशील मुद्दामा जाँदिनँ । तर, यी मुद्दा सुल्झाउनु जरुरी छ । हाम्रो प्रतिबद्धता छ कि साथै मिलेर काम गर्नेछौँ । आउने समयमा हामी महत्त्वपूर्ण मुद्दा सुल्झाउनका लागि प्रतिबद्ध छौँ ।” बीबीसी
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro