site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बेरुजुले निर्माण व्यवसायीलाई प्रत्यक्ष असर पर्छ : सिंह

काठमाडौं । निर्माण व्यवसायीका गुनासालाई महालेखापरीक्षकको कार्यालयले सुन्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

उनीहरूले निर्माण व्यवसायीका गुनासालाई पनि महालेखाले सुनुवाइ गर्न आवश्यक रहेकामा जोड दिए । निर्माण व्यवसायीको बदमासी भए पनि चित्त बुझाएर पठाउन सक्नुपर्ने उनीहरूले बताए ।

कार्यक्रममा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले मुलुकमा युवा र उद्योगी–व्यवसायी समेत विदेशी भएको उल्लेख गरे । नेपालमा राजनीतिक पार्टीले डामेका उपभोक्ता समितिका ‘साँढे’बाहेक कोही नभएको उनको टिप्पणी थियो ।

उनले महालेखापरीक्षकको कार्यालयले निर्माण व्यवसायीका गुनासा सुन्न आवश्यक रहेको बताए । मुलुकमा भएको भ्रष्टाचार ‘तल’बाट नभई ‘माथि’बाट रोक्न जरुरी रहेको उनको भनाइ थियो ।

उनले नेपाल सरकारका सचिवहरूले रिटायर्ड भएको पाँच वर्षसम्म विदेशी संस्थामा काम गर्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए । भयो । नेता–कर्मचारीका छोराछोरी सबै विदेश गएका र निर्माण व्यवसायी मात्र देशमा रहेका उनको बुझाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुमा निर्माण व्यवसायी तेस्रो पक्ष नभएको बताए । उनले बेरुजुले निर्माण व्यवसायीलाई प्रत्यक्ष असर पर्ने उल्लेख गरे ।

बेरुजु फर्छ्योट भनेर असुलउपर गर्ने प्रक्रिया गलत रहेको उनको धारणा छ । निर्माण व्यवसायीको घरखेत गएर समाप्त भइरहेको उनले जिकिर गरे । उनले डकुमेन्ट बन्ने प्रक्रियालाई सुधार नगरी निर्माण कम्पनीलाई आर्थिक नोक्सानी पुर्‍याउने काम भइरहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro