site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगार विभागअगाडि विरोध प्रदर्शन

काठमाडौं । आम जनता पार्टीनिकट आईटी आर्मीको अगुवाइमा वैदेशिक रोजगार विभागअगाडि विरोध प्रदर्शन गरिएको छ । आइतबार वैदेशिक रोजगार विभागअगाडि भेला भई आईटी आर्मीमा आबद्ध व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगारपीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिनाभौचर असुली भइरहेको भन्दै खबरदारी गरिएको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले अवैध रकम असुली रोजगारपीडितलाई फिर्ता नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए । “...बिनारसिद पाँच हजार, १० हजारको रसिद दिएर दुई लाख, चार लाख, पाँच लाख रुपैयाँ जुन असुली भइरहेको छ, त्यो रकम फिर्ता दिलाउन र वैदेशिक रोजगारपीडितलाई न्याय दिलाउन,” उनले भने ।

उनले थपे, “विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गराउन र फ्री भिसा, फ्री टिकटजस्ता नारामा मात्र नभई व्यवहारतः कार्यान्वयन हुनुपर्छ । त्यसको पूर्णतः कार्यान्वयन नभई संघर्ष जारी रहन्छ ।” न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro