site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुटिनको शान्ति प्रस्ताव जर्मनी र इटालीद्वारा अस्वीकार

जेनेभा  । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध रोक्नका लागि राखेको सर्त इटाली र जर्मनीले अस्वीकार गरेका छन् । रुस र युक्रेनको युद्ध समाप्त गर्ने बारेमा छलफलका लागि अहिले स्वीजरल्यान्डमा शिखर सम्मेलनका लागि विश्वका नेता पुगेका छन् । यसै क्रममा यी दुई राष्ट्रले रुसी प्रस्ताव अस्वीकार गरेका हुन् । 

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले पुटिनको योजना प्रोपोगान्डा भएको बताइन् । उनले यसमा युक्रेनलाई नै त्यहाँबाट बाहिर जान भनिएको आरोप लगाएकी छन् ।

Argakhachi Cement Island Ad

जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको शान्तिवाला योजनालाई ‘तानाशाही शान्ति’ बताउँदै अस्वीकार गरेका छन् । 

युक्रेनमा शान्तिका लागि आयोजित दुई दिने शिखर सम्मेलनभन्दा पहिला पुटिनले युद्ध विरामका लागि सर्त अघि सारेका थिए । पुटिनले युद्धविरामका लागि युक्रेनले आफ्नै भू–भाग दोनेत्स्क, लुहांस्क, खेरसोन र जापोरजियाबाट आफ्नो सैनिक हटाउनुपर्ने र युक्रेनले नेटोमा सामेल हुने सपना छोड्नुपर्ने जनाएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सेना अध्यक्ष एन्ड्री यरमकले बीबीसीलाई बताएका छन्, “स्वतन्त्र, संप्रभ्ुता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता हुँदैन ।”

शिखर सम्मेलनमा ९० भन्दा बढी देश तथा वैश्विक संस्थाले भाग लिइरहेका छन् । युक्रेनमा रुसी आक्रमण सुरु भएपछि भएको यो सबैभन्दा ठूलो सम्मेलन हो । स्वीजरल्यान्डमा शिखर सम्मेलन १५ र १६ जुनका लागि तय छ । बीबीसी 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्