site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भुर्तेलले लिए दोस्रो विकेट, हेनरिक क्लासेन करणबाट क्याच
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेलले तेस्रो सफलता दिलाएका छन् ।

शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालका लागि भुर्तेलले १३.२ ओभरमा दक्षिण अफ्रिकाका हेनरिक क्लासेनलाई करण केसीबाट क्याच गराए । क्लासेनले चार रन बनाए ।

त्यसअघि नेपालका दीपेन्द्रसिंह ऐरीले दक्षिण अफ्रिकाका क्विन्टन डी कक र भुर्तेलले नै आइदेन मार्करमलाई पभेलियन फर्काएका थिए ।

जारी खेलको १४ ओभर समाप्त हुँदा दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर ७७ रन बनाएको छ ।
 
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro