site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा सहज बनाउँदै छौँ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेश आमनागरिकका लागि सहज बनाउँदै लगिएको बताएका छन् । उनले सिंहदरबार प्रवेश गर्न पहुँचवाला वा आफ्नो मान्छे भएमात्र पाउने व्यवस्था अन्त्य गर्न लागिएको बताएका छन् । 

सय दिनको उपलब्धीबारे शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिँदै उनले यसका लागि काम भइरहेको बताए । 

“सिंहदबार प्रवेश गर्न कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छेभित्र भए फोन गरिर्दिएर काम गर्न पाउने, त्यसलाई अन्त्य गर्ने प्रयास हो र अहिले प्राविधिक रूपमा टेस्टमा नै छ,” उनले भने । 

उनले डिजिटल सेवा दिन लागिएको भन्दै केही दिनभित्रै सेवा सुरु गरिने जानकारी दिए । “यो लगइन गर्ने, पास गर्ने सामन्य प्रक्रिया हो । अब सिंहदरबार हर नागरिकका लागि खुला छ । कसैले रेकमेन्ड गर्नुपर्दैन, काम भएका सबै आममान्छेका लागि सुरक्षित ढंगले खुला छ,” उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro