site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
असारका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर सामान्य घटाएका छन् । शुक्रबार सार्वजनिक गरेको ब्याजदरअनुसार सञ्चालित २० वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । तर, चार वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । १० वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् ।

असारका लागि २० वाणिज्य बैंकको औसत ब्याजदर ६.८७६ प्रतिशत छ । जेठमा यी वाणिज्य बैंकको औसत ब्याजदर ६.९७३ प्रतिशत थियो ।

ब्याजदर बढाउनेमा हिमालयन, सिद्धार्थ, नबिल र माछापुच्छ्रे बैंक छन् । जेठ महिनाको तुलनामा असारका लागि हिमलयन बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याज बढाएको छ भने सिद्धार्थ बैंकले ०.५० प्रतिशत विन्दु र नबिल र माछापुच्छ्रे बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।

पछिल्ला दिनमा बैंकमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । मुद्दती निक्षेपमा कम ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न कम आउने गर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । यही भएर पनि बैंकहरूले निक्षेप आकर्षण गर्नतर्फ लागेका छैनन् ।

bank-1718354454.PNG
 

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अटेर ८०.१ प्रतिशतसम्म झरेको अवस्था छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार अफै बैंकहरूमा जम्मा भएको निक्षेपको १० प्रतिशत कर्जा लगानी गर्न सक्ने अवस्थामा छन् । तर, पुँजी कोषको दबाबले गर्दा अहिले वाणिज्य बैंकहरू ऋण प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।

त्यही भएर पनि अधिकांश वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । सबैभन्दा बढी ब्याजदर घटाउनेमा ग्लोबाल आइएमई बैंक छ । यो बैंकले एक प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro