site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘अपांगता भएका नागरिकलाई दया होइन समावेशी नीति आवश्यक’

काठमाडौं । अपांगता भएका व्यक्तिलाई देख्नेबित्तिकै धेरैको मनमा ‘विचरा’को भाव नै पहिले आउने गर्छ । ‘केही सहयोग गर्न सकिन्छ की...’ यस्तै विचार उत्पन्न हुनु स्वभाविक पनि हो । तर, के अपांगता भएका व्यक्तिलाई यस्तै दयामुखी भावको मात्रै अपेक्षा हुन्छ त ? या उनीहरूमाथिको दृष्टिकोण त्यति नै पर्याप्त हो त ? 

पूर्ण दृष्टिविहीन व्यक्ति तथा नेपाल नेत्रहिन युवा संघका सल्लाहकार कलाधार भण्डारी भन्छन् “दयामुखी भाव र अतिशयोक्ति होइन हामी राज्यको नीतिगत तहमा पहुँच र समावेशीता आवश्यक छ ।” 

त्यसो त अपांगता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चित गर्न मात्रै नेपालको संविधान २०७२ मा आधा दर्जन बढी ऐन, महासन्धि, रणनीति र निर्देशका छन् । तर, तोकिएका अधिकारको कार्यान्वयन र समाजले हेर्ने दृष्टिकोणमा अझै व्यापक परिवर्तन आवश्यक छ । अपांगता एउटा अवस्था हो र राज्यका हर संरचना अपांगतामैत्री भए उनीहरू सामान्य व्यक्तिसरह जीवनयापन गर्नसक्छन् भन्ने तथ्य स्थापित गर्नुपर्ने उनको जोड छ । 

Dabur Nepal
NIC Asia

राष्ट्रिय जनगणना २०७८ ले नेपालको कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता रहेको जनाएको छ । पुरुष जनसंख्याको २.५ र महिलामध्ये दुई प्रतिशतमा अपांगता भएको पाइएको छ । 

२.५ भित्रको व्यापकता सबैभन्दा धेरै ३६.७५ प्रतिशत शारीरिक अपांगताको छ । यस्तै, दृिष्टसम्बन्धी अपांगताको १६.८८ प्रतिशत छ । यीबाहेक सुनाइ, श्रवण दृष्टिविहीन, स्वर र बोलाइ, मानसिक वा मनोसामाजिक, वौद्धिक, हेमोफिलिया, अटिजम, बहुअपांगतासम्बन्धी र अन्य  अपांगताको अवस्था ०.७५ देखि ७.८७ प्रतिशतसम्म छ । अपांगता भएका नागरिकलाई सरकारले वर्ग छ्ट्याइ रातो, निलो, पहेँलो र सेतो कार्डसहितको परिचयपत्र र निश्चित भत्ता तथा सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । 

राज्यले निर्दिष्ट गरेका अधिकारको प्रयोगमा पनि विभिन्न व्यवहारिक कठिनाइ रहेको नेत्रहिन युवा संघका कोषाध्यक्ष सुनिलमान सिंह बताउँछन् । अपांगता भएकामध्ये एक तिहाइ बालबालिका तथा किशोरकिशोरी मात्रै विद्यालय शिक्षाको दायरामा रहेको तथ्यांक छ । 

पछिल्लो जनगणनाअनुसार नेपालमा अपांगता भएका १९ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिकाको संख्या एक लाख ६७ हजार ४२९ छ । तीमध्ये ५५ हजार ६६ जना मात्रै बालविकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययन गरिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक छ । अर्थात् दुई तिहाइ बालबालिका अझै औपचारिक शिक्षाको पहुँचमा नरहेको देखिन्छ । 

किशोर–किशोरीमा बृहत् यौनिकता शिक्षाको अभाव हुनु अर्को चुनौती बनिरहेको सिंह बताउँछन् । जसको असर उनीहरूको प्रजनन् स्वास्थ्य र सामाजिक व्यवहारसम्मै परेको छ । औपचारिक तथा व्यवहारिक ज्ञानको कमी, सूचनाको पहुँच कमलगायतका अवस्थाले उनीहरूमा समस्या थपिएको सिंहको भनाइ छ । 

उनका अनुसार कतिपय अवस्थामा अपांगतामैत्री विद्यालय, स्वास्थ्य तथा तथा सेवा केन्द्रहरूको संरचना अपांगतामैत्री नहुनुले पनि समस्या थपेको छ । यस्तै, अपांगतामैत्री अध्ययन सामग्रीको अभाव, बालबालिकाको सिकाइ, आवश्यकता र तिनको पहुँचबारे अनुसन्धान नहुनु पनि अर्को समस्या बनेको छ । 

कतिपय अवस्थामा अभिभावक र स्याहारकर्ताबाटै अपांगता भएका बालबालिकामाथि दुर्व्यवहार तथा हिंसाका घटना हुने गरेकाले यसमा पनि राज्यको बलियो नीति हुनुपर्ने सल्लाहकार भण्डारी बताउँछन् । 

“सरकारमार्फत बन्ने हरेक योजना तथा कार्यक्रममा अपांगता भएका नागरिकको समावेशिता हुनुपर्छ, जसले उनीहरूलाई अरुजस्तै आत्मनिर्भर बनाउन सहयोग गर्नेछ,” भण्डारी भन्छन् । अपांगता भएका नागरिकको सवालमा हाल देखिएका समस्या समाधानको प्रभावकारी उपाय पनि समावेशिता र सामाजिक सचेतना रहेको उनको भनाइ छ ।   

हालको संविधान जारी भएयता अपांगता भएका नागरिकका पक्षमा केही नीतिगत र सामाजिक परिवर्तनहरू देखिए पनि ती प्रयास अझै पर्याप्त नभएको ‘राइट हेयर राइट नाओ’ कार्यक्रमका संयोजक निर श्रेष्ठले बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro