site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक सहायता प्रतिबद्धता ३२.६ प्रतिशतले घट्यो, नौ महिनामा एक खर्ब दुई अर्ब प्राप्त 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा ३२.६ प्रतिशतले कमी आएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धतामा कमी आएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनामा एक खर्ब दुई अर्ब १४ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५१ अर्ब ५२ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले ४९ अर्ब ३८ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयको विवरणले देखाउँछ ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ४०.४ प्रतिशत र ऋण सहायता ५९.६ प्रतिशत रहेको छ । यस अवधिमा भएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी एसियाली विकास बैंकबाट ४७.५ प्रतिशत रहेको छ ।

२०८० साउन १ गतेदेखि चैत मसान्तसम्म प्राप्त भएको वैदेशक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी सहरी विकास क्षेत्रमा २१.६ प्रतिशत रहेको छ भने सबैभन्दा न्यून वातावरण क्षेत्रमा रहेको छ । 

अर्थ मन्त्रालयका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये सुशासन क्षेत्रमा १३ प्रतिशत, कृषिमा २.६ प्रतिशत, वातावरण क्षेत्रमा ०.२ प्रतिशत, जलवायु क्षेत्रमा १४.६ प्रतिशत, सामाजिक क्षेत्रमा ३.८ प्रतिशत, स्वास्थ्य क्षेत्रमा १६.३ प्रतिशत, उर्जा क्षेत्रमा ५.३ प्रतिशत, सडक क्षेत्रमा १४.७ प्रतिशत, शिक्षा क्षेत्रमा ७.९ प्रतिशत र सहरी क्षेत्रमा २१.६ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्षको फागुनसम्म अनुदान र ऋण गरी ६२ अर्ब ९७ करोड वैदेशिक सहायता उपयोग भएको छ । यसमध्ये अनुदान र ऋणको अंश क्रमशः १३.१ प्रतिशत र ८६.९ प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षको फागुनसम्म ५३ अर्ब ४४ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा अनुदान र ऋण गरी एक खर्ब ३९ अर्ब ५७ करोड रुपैयाँ वैदेशिक सहायता उपयोग भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro