site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारसँग जवाफ माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

उनले यो वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख एक हजार जनसंख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने आकलन गरिएको बताए ।

Argakhachi Cement Island Ad

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने बताइएको विषयमा सरकारको ध्यानाकर्षण गराए । तीमध्ये १८ हजार घरपरिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको उनले उल्लेख गरे ।

“...तसर्थ, सभामुख महोदयमार्फत सरकारको पूर्वतयारी के छ यस मानेमा संसद्लाई जानकारी दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्