site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माइक्रोसफ्टलाई पछि पार्दै एप्पल फेरि बन्यो विश्वकै ठूलो कम्पनी

काठमाडौं । आइफोन निर्माता एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नयाँ फिचर घोषणा गरेसँगै कम्पनीको सेयर मूल्य बढेको छ ।

सेयर मूल्य बढेसँगै बुधबार एप्पलले माइक्रोसफ्टलाई उछिन्दै विश्वकै ठूलो कम्पनीका रूपमा फेरि स्थान बनाएको छ । एप्पलको बजार पुँजीकरण बुधबार ३.२९ ट्रिलियन डलर पुगेको छ । माइक्रोसफ्टको बजार मूल्य भने ३.२४ ट्रिलिनय डलर छ ।

एप्पलले वार्षिक डेभलपर्स सम्मेलनमार्फत सोमबार एआईसम्बन्धी विभिन्न नयाँ फिचर सार्वजनिक गरेको थियो । कम्पनीका सीईओ टिम कुकलगायत कार्यकारीहरूले भ्वाइस असिस्टेन्ट सिरीले म्यासेज, इमेल, क्यालेन्डर र थर्डपार्टी एपसँग अन्तरक्रिया गर्ने जस्ता कुरा घोषणा गरेका थिए।

कम्पनीले एआई क्षेत्रमा व्यापक काम गर्ने संकेत गरेपछि यसको बजार मूल्य बढेको हो । राेयटर्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro