site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फुटबल टिमका कप्तान किरण भन्छन्– मेरो १००औँ खेल अविस्मरणीय बन्यो 
तस्बिर : एनएसजेएफ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बूले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल अविस्मरणीय बनेको बताएका छन् । किरणले मंगलबार राति फिफा विश्वकप छनोट–२०२६ को दोस्रो चरणमा भएको यमनविरुद्धको खेलसँगै नेपाली टिमबाट १००औँ खेलको कोसेढुंगा पार गरेका हुन् । 

साउदी अरेबियामा भएको उक्त खेलमा नेपाल २–२ को बराबरीमा रोकिएको थियो । नेपालले खेलको ९०औँ मिनेटसम्म २–१ को अग्रता बनाएको थियो । तर, ६ मिनेटको इन्जुरी समयमा गोल गर्दै यमन खेलमा फर्किएपछि नेपाल बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो ।

Dabur Nepal
NIC Asia

“केटाहरूले पाएको मौकालाई सदुपयोग गरे । हामी जसरी पनि अंक लिने लक्ष्यमा थियौँ । तर, अन्तिम मिनेटमा सम्हालिन नसक्दा राम्रो परिणामबाट टाढा भयौँ,” किरणले भने, “मेहेनतअनुसार फल पायौँ । नतिजा सन्तुष्टजनक आयो । मेरो १००औँ अन्तर्राष्ट्रिय खेल अविस्मरणीय बन्यो । यसको श्रेय सम्पूर्ण नेपाली टिमलाई जान्छ ।” 

किरण नेपाली टिमबाट १००औँ अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो फुटबलरसमेत बने । खेलपछि किरणलाई नेपाली टिमले १००औँ नम्बरको जर्सी र सम्मानपत्र प्रदान गर्दै सम्मानसमेत गरेको थियो । सन् २००८ मा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका किरण त्यसयता टिममा निरन्तर छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro