site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा सांसदको प्रश्न– सदनमा उठाएका विषयमा किन सुनुवाइ हुँदैन ?
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले आफूहरूले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।

सभाको मंगलबारको बैठकको शून्य समयमा सांसद कमला पन्तले भनिन्, “हामी संसद्‌मा जनजीविकाबारे बोल्छौँ, तर कुनै पनि विषयमा सरकारले सुनवाइ गरेको जस्तो लाग्दैन ।” उनले सांसदले उठाएका विषयमा सातामा एकपटक भए पनि सरकारले जवाफ दिनुपर्ने माग गरिन् । 

सांसद कृष्णप्रसाद पौडेलले मौसमविद्हरूले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने भनेर विश्लेषण गरेको र तराईमा बाढी र डुबानका कारण करिब १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको बताए । साथै उनले बाढीपहिरोको उच्च जोखिममा भएका नागरिकलाई सरकारले सुसूचित गरिएको भए पनि जनधनको क्षति न्यूनीकरण गर्ने योजना के छ ? भनी प्रश्न गरे ।

सांसद गोमादेवी तिमिल्सिना देशभर साना र ठूला गरी ५६ विमानस्थल भए पनि १३ अन्तर्राष्ट्रिय र क्षेत्रीयस्तरका रहेको तर विभिन्न जिल्लामा भएका १२ विमानस्थल गौचरणमा परिणत भएको बताइन् । 

सांसद दुर्गा गुरुङले सुर्खेतको वीरेन्द्रनगरमा बत्ती भए पनि भोल्टेज नपुग्ने र धारामा पानी नआउने समस्या रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद नारायणदत्त मिश्रले नेपालमा मनसुन भित्रिसकेको उल्लेख गर्दै सुदुरपश्चिमका टीकापुर, भजनी र जोशीपुरमा सधैँ बाढीको समस्या हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सांसद भुवनबहादुर सुनारले सरकारले कृषिलाई प्राथमिकता दिएपनि कति कृषि बाली र फलफूलहरु मौसमी मात्र रहेको भण्डारको समस्या रहेको अवगत गराउँदै शीत भण्डारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । 

सांसद मदनकुमार शाह गरिमाले रूसी सेनामा नेपाली युवा भर्ना भएको र तीमध्ये कैयौँको मृत्यु भएको तथा केही बेपत्ता भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । 

सांसद युवराज शर्माले नेपालमा सञ्चालित उद्योगहरुको बक्यौता रहेको विद्युत् महसुलका सम्बन्धमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । रासस 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro