site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस 

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट ५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । उक्त पहलमार्फत बैंकले यो वर्षको विश्व वातावरण दिवसको ‘आवर ल्यान्ड, आवर फ्युचर : वी आर जेनेरेसन रिस्टोरेसन’ भन्ने नारालाई आत्मसात् गर्दै देशभर पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखेको थियो ।

जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखा कार्यालयमार्फत स्थानीय समुदाय तथा संस्थासँगको सहकार्यमा करिब ६ हजार बिरुवा रोपेको छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानमा गरिएको थियो ।

Dabur Nepal
NIC Asia

प्रोजेक्ट ५के सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभाककडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो । यो प्रतिवेदनले नवीकरणीय ऊर्जा – विशेष गरी जलविद्युत्मा गरिएको  लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्छ । यो क्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल २५ हजार १३४.१८ कार्बन उत्सर्जन हुनबाट जोगाएको बताइएको छ ।

यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल रिपोर्टकै निरन्तरता पनि हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro