site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीलाई सांसदको सुझाव– ऊर्जाका साथ काम गर्नुुस्

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल गरियो ।

स्वास्थ्यमन्त्री प्रदीप यादवले आफ्ना केही सुधारका योजना बैठकमा प्रस्तुत गरे । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा नसमेटिएका केही कार्यक्रम थप गर्न र रकम बढाउन आफूले अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको उनले बताए । त्यसमा अर्थमन्त्री सकारात्मक रहेको मन्त्री यादवले जानकारी गराए ।

ठूला अस्पतालमा सेवा सुविधा सहज बनाउने, नेपाल औषधि लिमिटेडलाई पुनर्जागरण गर्ने, हालको जनशक्ति व्यवस्थापन र नयाँ थपलगायत कार्यलाई आफूले प्राथमिकतामा राखेको उनले सुनाए । अस्पताल र सेवा शुल्कमा अनियमितताको अन्त्य गर्न आफू रातको समयमा समेत अनुगमनमा निस्कने उनले बताए ।

Dabur Nepal
NIC Asia

स्वास्थ्य बिमा कार्यक्रममा झन्झटिलो रिफर प्रणाली, औषधि प्रयोगशालाको कमजोर अवस्था, कर्मचारी सरुवामा अटेरीपन, औषधिको गुणस्तर नियमनलगायत समस्यालाई आफूले नजिकबाट नियालिरहेको र समाधानतर्फ अघि बढेको उनले उल्लेख गरे । उक्त कार्यमा साथ र सहयोग गर्न उनले समिति सदस्यहरूलाई आग्रह समेत गरे ।

समिति सदस्यहरूले मन्त्री यादवलाई यही ऊर्जा र हिम्मतका साथ अघि बढ्न सुझाव दिए । त्यस कार्यमा समितिको पूर्ण सहयोग रहने उनीहरूले प्रतिबद्धता व्यक्त गरे ।

आकस्मिक र विशिष्टीकृत सेवाको वर्गीकरण गरी तिनको उपभोग गर्ने माध्यमबारे मन्त्रालयले स्पष्ट खाका तयार गर्नुपर्ने सांसद देवेन्द्र पौडेलले सुझाव दिए । राम्रो कार्यमा समितिको सहयोग रहने उनले बताए ।

सांसद डा. तोसिमा कार्कीले प्राथमिकता छुट्ट्याएर अघि बढ्न मन्त्री यादवलाई सुझाव दिइन् । जनशक्ति, उपकरण, रोगको प्रकृतिलगायत तथ्यांक संकलन गरी सोहीअनुसार काम अघि बढाउनुपर्ने उनले बताइन् ।

सरकारी र निजी क्षेत्रबाट दिइने स्वास्थ्य सेवाको शुल्क निर्धारण गरिनुपर्नेमा उनले जोड दिइन् । त्यसो गरे नागरिकको खल्तीबाट ठूलो रकम स्वास्थ्यमा खर्च हुने अवस्थाको अन्त्य हुने सांसद कार्कीको भनाइ थियो ।

समिति सभापति अम्मरबहादुर थापाले स्वास्थ्यमा अहिले भएकै जनशक्तिलाई राम्रोसँग व्यवस्थापन गरिए सेवा केही सहज बनाउन सकिने बताए ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति समितिले मन्त्रालयलाई आवश्यक परामर्श, निर्देशन तथा सुझावका माध्यमबाट सहयोग गर्ने उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro