site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
४० वर्षमा ३६ लाख चार हजार ४३७ रुपैयाँ मात्र सरकारी बेरुजु फर्छ्योट
नमुना कार्की दाहाल । फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो ४० वर्षमा ३६ लाख चार हजार ४३७ रुपैयाँ मात्र बेरुजु फर्छ्योट भएको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले जानकारी गराएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सोमबार आर्थिक वर्ष २०१८/१९ देखि २०५९/६० मा उक्त बेरुजु फर्छ्योट भएको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका प्रमुख नमुना कार्की दाहालले जानकारी दिइन् । प्रमुख कार्कीले लगत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरिन् ।

उनले अहिलेसम्म एक अर्ब ८८ करोड ७० लाख ६ हजार रुपैयाँ मात्र बेरुजु फर्छ्यौट गर्न सफल भएको बताइन् । आर्थिक वर्ष २०१८/१९ देखि २०५९/६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरुजु १५ अर्ब नौ करोड ६ लाख ४२ हजार ५०३ रुपैयाँ रहेको उनले उल्लेख गरिन् ।

राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयको फर्छ्योट हुन बाँकी बेरुजु चालुसहित विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको उनले बताइन् ।

उनले कार्यालयमा बेरुजु फर्छ्योट नगर्ने व्यक्तिलाई थुनामा राख्न सक्ने अधिकार भए पनि उपसचिवको नेतृत्वलगायत कर्मचारीको अभावका कारण सोचेजस्तो काम गर्न नसकिएको बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro