site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा तीर्थयात्री बोकेको बसमा आक्रमण : नाैजनाको मृत्यु, ३३ घाइते

कश्मीर । भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादीले आक्रमण गर्दा नौजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रियासी जम्मू क्षेत्रमा पर्दछ । सो आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन् ।

Dabur Nepal
NIC Asia

यस्तै भाजपाका तर्फबकाट नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण भनेका छन् ।

प्रहरीका अनुसार सो बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार आक्रमण भएको हो । आक्रमणका कारण चालकले सन्तुलन गुमाएपछि बस खाडीमा परेको थियो । घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । बसमा अधिकांश उत्तरप्रदेशका बासिन्दा रहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro