site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्यारिस रौफले लिए भारतको चौथो विकेट

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतले सूर्यकुमार यादवलाई चौथो विकेटको रुपमा गुमाएको छ ।

आइतबार न्यूयोर्कमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ११.२ ओभरमा सूर्यकुमारलाई गुमाएको हो । सात रन बनाएका सूर्यलाई ह्यारिस रौफले मोहम्मद आमिरबाट क्याच गराए ।

जारी खेलको ११.४ ओभर समाप्त हुँदा भारतले चार विकेट गुमाएर ८९ रन बनाएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा सह–आयोजक अमेरिकाविरुद्ध सुपर ओभरमा अप्रत्याशित हार बेहोरेको पाकिस्तान आज पहिलो जितको खोजीमा छ । पहिलो खेलमा आयरल्यान्डविरुद्ध आठ विकेटको सहज जित निकालेको भारत भने लगातार दोस्रो जितको लक्ष्यमा छ ।

भारत दुई अंकसहित तालिकाको दोस्रो र अंकविहीन पाकिस्तान तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका कारण प्रतियोगिताको सुपर–८ पुग्ने सम्भावना बलियो बनाउन पाकिस्तान आज जितको दबाबमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro