site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
असोज १५ गते चलचित्र दिवस, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले सहकारी संस्थाको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनाराका निम्ति सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष रहने गरी कर्जा असुली न्यायाधिकरण गठन गरेको छ । यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट बस्नेतको अध्यक्षतामा वसन्तराज पुरी र गोविन्द शर्मा गैरे सदस्य रहने गरी न्यायाधिकरण गठनको निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाका निम्ति सिद्धान्त स्वीकृत गरिएको छ । मन्त्रिपरिषद्को उक्त बैठकबाट सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका निम्ति सिद्धान्त स्वीकृतलगायत १५ निर्णय गरिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय पढ्नोस्–
१. सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव श्री रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू श्री रोहितकुमार विसुराल तथा श्री थानेश्वर गौतमलाई नियुक्त गर्ने 
२. विदेशी विनिमय (नियमित तथा व्यवस्थित गर्ने) विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने
३. सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने 
४. २०८२ असार ३० गतेदेखि साउन १ गतेसम्म भियतनामको हनोईमा सञ्चालन हुने हाई लेभल इन्टररिजिनल नालेज एक्सचेन्ज अन वन कन्ट्री वन प्रायोरिटी प्रोडक्ट कार्यक्रममा माननीय कृषि तथा पशुपन्छी विकासमन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने
५. खानेपानी र सरसफाइ क्षेत्रको महत्त्वपूर्ण प्रगतिलाई दिगो प्रभावमा रूपान्तरण गर्न प्राइम मिनिस्टेरियल कमिटमेन्टस् नेसनल ट्रान्सफर्मेसन इन एन्ड थ्रु, वाटर स्यानिटेसन एन्ड हाइजिन विषयक प्रतिबद्धतामा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिने
६. बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्तिबापत आर्थिक सहायता उपलब्ध गराउने
७. सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव श्री कृतिबहादुर बस्नेत अध्यक्ष र श्री वसन्तराज पुरी (धनकुटा) तथा श्री गोविन्द शर्मा गैरे (तनहुँ) सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने
८. कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने
९. नेपाली सेनाका एकजना सहायक रथीलाई उपरथी दर्जामा बढुवा गर्ने
१०. फ्रान्सको पेरिसमा आयोजना हुने ४७औँ सेसन अफ द वर्ल्ड हेरिटेज कमिटीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई स्वीकृति प्रदान गर्ने 
११. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा श्री रामशरण पुडासैनी (काठमाडौं)लाई नियुक्त गर्ने
१२. प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने
१३. नेपाल र भारत सरकारबीच हस्ताक्षर हुने कोअपरेसन इन द फिल्ड अफ हेल्थ एन्ड मेडिसिन विषयक समझदारीपत्र स्वीकृत गर्ने
१४. नेपाल र भारतबीच हस्ताक्षर हुने आयुर्वेद र परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने
१५. राष्ट्रिय पर्यटन नीति, २०८२ स्वीकृत गर्ने
१६. खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्