site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को तेस्रो संस्करणका विजेतालाई पुरस्कार प्रदान गरिएको छ ।

ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एन्ड एकेडेमीमा यही जेठ २२ देखि २४ गतेसम्म आयोजित उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको थियो । आईसीएफसी फाइनान्स लिमिटेड उपविजेता भएको थियो ।

Argakhachi Cement Island Ad

विजेता प्राइम कमर्सियल, उपविजेता आईसीएफसी, उत्कृष्ट फिल्डर प्राइम कमर्सियलका विवेक डाली, उत्कृष्ट विकेटकिपर माछापुच्छ्रे बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेस्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबि बैंकका अनिल बर्तौला र उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको हो । प्रतियोगितामा १६ बैंक तथा वित्तीय संस्थाका टिमले सहभागिता जनाएका थिए ।

महालक्ष्मी विकास बैंकले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज, विश्वसनीय र आधुनिक बैंकिङ सेवाको पहुँच ग्राहकमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्