site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौं । वीर अस्पतालले सोमबार (आज)देखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा. डा. राजीव झाले जानकारी दिए ।

उनका अनुसार, आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । अरू अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एकदेखि तीन लाख रुपैयाँसम्म पर्छ ।

शरीरका कोषिकाहरू असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । “मानिसको उमेर बढ्दै जाँदा शरीरका अंगहरू कमजोर हुनेक्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,” उनले भने ।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स–रे, सीटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ ।

ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ । तर, उच्च डोजको विकीरण हुने भएकाले शरीरका अरू भागमा प्रत्यक्ष असर गर्छ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सक बताउँछन् ।

अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचार गराउन आउने गरेका छन् । झाका अनुसार, मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका १०० बिरामी अस्पताल आउने गरेका छन् ।

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गरिए यो रोगबाट पर्ने असर, ब्रेन ट्युमरका कारण हुने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ ।

नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया वीर अस्पतालमै गरिएको थियो । रासस

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro