site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जबजको मार्गदर्शक सिद्धान्तमा चलेकामा ओलीलाई दोष दिनु हुँदैन : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तमा चलेकामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिन नहुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पार्टीको महाधिवेशनले नै पारित गरेकाले त्यही विचारलाई अघि सारेकामा दोष दिन नमिल्ने उल्लेख गरे ।

उनले अरू दलले समाजवादी कार्यक्रम अघि सार्न नसकेको टिप्पणी गरे । “हाम्रो पार्टीले समाजवादी क्रान्तिको कार्यक्रम लिनुपर्छ भन्ने विचार अघि सार्‍यो । अरू पार्टीले भन्न सकेका छैनन् । हिजो आठौँ, नवौँ महाधिवेशनले धेरै गलत कुरा अगाडि सार्‍यो, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त भनेर । अनि, त्यही मार्गदर्शक सिद्धान्तमा केपी ओली चलिरहेका छन्, केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले पास गरिसकेपछि उनलाई दोष दिने कुरो पनि भएन । त्यो बेलामा गलत विचार अगाडि सारिएको थियो । तर, हामीले मार्गदर्शक सिद्धान्त भन्ने पनि होइन,” नेता नेपालले भने, “त्यसको औचित्य समाप्त भयो भनेर...। त्यसका कतिपय पक्ष छन्, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिककरणको पक्ष छ । यी पक्षलाई बेवास्ता गर्ने होइन ।”

Dabur Nepal
NIC Asia

उनले मदन भण्डारी, मनमोहन अधिकारीलाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । समाजवादी मोर्चा नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भइरहेको उनले बताए ।

चीन, क्युबा, भियतनाम, उत्तर कोरियाको समाजवाद कस्तो छ भनेर गहिरो अध्ययन गर्नुपर्ने उनले उल्लेख गरे । उनले समाजवादी क्रान्तिमा बहुदलीय प्रतिस्पर्धा हुने बताए ।

“समाजवादी क्रान्ति एकदलीय तानाशाही हुँदैन । त्यहाँ पनि बहुदलीय प्रतिस्पर्धा हुन्छ,” उनले भने ।

सोही कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले समाजावादी क्रान्तिको युगमा जबज मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद रहेको बताएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro