site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरूआत हुनेछ : परराष्ट्रमन्त्री श्रेष्ठ
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुई दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए । 

उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरूवात हुने विश्वास व्यक्त गरे । उनले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताए । 

समावेशीता, धर्मनिरपेक्षता, संघीयता, लैंगिक समानता, शिक्षामा पहुँचलगायत सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताए । 

उनले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए ।उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तीर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोबल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिबद्ध रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro