site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बर्दियामा जुवातास खेलिरहेका सातजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–२ स्थित हिना राइस मिल पछाडि सगुनका रुखहरूको बीचमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दियाकै राजापुर नगरपालिका–६ का ५२ वर्षीय धुवु देवकोटा समेत सातजना छन् । शनिबार (हिजो) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख ३१ हजार २०५ रुपैयाँ र पाँच बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro