site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा 

विराटनगर । कोसी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालत दायर गरेको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ । रिटमामाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो । कार्की परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

Dabur Nepal
NIC Asia

यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भए । कानुन व्यवसायी छँदा हिक्मतकुमारविरुद्ध बहस गरेका उनले न्यायाधीशका रूपमा सरकारबारेको सोही प्रकृतिको मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्को नियुक्त गरिएको भन्दै सरकार गठन प्रक्रिया बदर गरिनुपर्ने मागसहित कार्कीले गएको वैशाख २८ गते रिट दायर गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई समर्थन गर्ने सांसदहरूले संकल्प प्रस्ताव पारित गरी ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिएका थिए । त्यो नलिएको भन्दै प्रदेश प्रमुखले नेकपा (एमाले)का हिक्मतकुमार कार्कीलाई सोही धाराअनुसार वैशाख २७ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कोसी सरकार गठनविरुद्ध दायर रिट गएको बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले परेको थियो । रिटलाई पूर्ण इजलासमा पठाउने आदेश भएको थियो ।

कोसीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका एमालेका हिक्मतकुमारले प्रदेशसभाबाट विश्वासको मत समेत लिइसकेका छन् । निवर्तमान मुख्यमन्त्री कार्कीले भने उपधारा ५ अनुसार एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गर्न र आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro