site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धीलाई सर्वसम्मत चयन गरिएको कांग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताएका छन् ।

तिवारीले एएनआईसँग भने, “सोनिया गान्धीलाई कांग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।”

कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले आफ्नो पार्टीको संसदीय दलको अध्यक्षका निम्ति बैठकमा सोनिया गान्धीको नाम प्रस्ताव गरेका थिए । पार्टीका नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए ।

Dabur Nepal
NIC Asia

कांग्रेस संसदीय दलको बैठक नयाँ दिल्लीस्थित संसद्को केन्द्रीय हलमा सम्पन्न भएको छ । युनाइटेड प्रोग्रेसिभ एलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे, महासचिव केसी वेणुगोपाललगायत प्रमुख कांग्रेस नेता बैठकमा उपस्थित थिए ।

कांग्रेस संसदीय दलको बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्वमुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी थिए ।

कांग्रेस कार्यसमितिले पार्टीका सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । राहुलले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट लोकसभा चुनाव जितेका थिए ।

कांग्रेसलगायत विपक्षी दलहरूको समूह भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया)ले भारतीय जनता पार्टी (भाजपा)लाई लोकसभामा एकल बहुमत प्राप्त गर्नबाट रोक्न सफल भएको छ । यद्यपि, भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ ।

सन् २०२४ को लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । तर, यो संख्या एकल बहुमतका निम्ति संसद्‌मा आवश्यक सदस्य संख्याभन्दा ३२ सदस्यले कमी हो ।

अर्कोतर्फ, कांग्रेसले ९९ सिट जितेर बलियो सुधार गरेको छ । विपक्षी गठबन्धनले २३० सिट पार गरेको छ । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २१:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro