site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले बन्धक बनाएका चारजनाको जीवितै उद्धार
नोआ अर्गमानी ।

गाजा (प्यालेस्टाइनी क्षेत्र) । इजरायलले शनिबार आफ्नो सेनाले चार बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका बाबजुद सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको इजरायली सेनाले जनाएको हो ।

गएको अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टाइनी इस्लामिक लडाकु समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारैजनालाई अपहरण गरेको सेनाले जनाएको छ ।

उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । सेनाले बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निसाना बनाइरहेको जनाएको थियो ।

गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार गरिएको भीषण आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ ।

हमासले ‘मृतकका शव र घाइतेजनलाई सुरक्षित कोठामा राखिएको’ जनाएको छ । ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ हमासले आरोप लगाएको छ ।

संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित एक विद्यालयमा बिहीबार गरिएको आक्रमणमा ३७ जनाको मृत्यु भएको थियो । त्यसपछि इजरायलमाथि बढ्दो दबाबका बाबजुद नुसिरातमा आक्रमण गरिएको हो ।

इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ ‘आतंककारी’ मारिएको जनाएको छ ।

प्यालेस्टाइनी शरणार्थीका निम्ति संयुक्त राष्ट्रसंघीय निकाय यूएनआरडब्ल्यूएले ६ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा इजरायलले आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ ।

इजरायलले गाजामा हमास र उसका सहयोगीले संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई परिचालन केन्द्रका रूपमा प्रयोग गरेको आरोप लगाएको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro