site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विमान दुर्घटनामा अपोलो–८ अन्तरिक्षयात्री एन्डर्सको मृत्यु

वासिङटन डीसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिचेका पूर्वअमेरिकी अन्तरिक्षयात्री विलियम एन्डर्सको ९० वर्षको उमेरमा शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

एन्डर्सले सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङटन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए ।

Dabur Nepal
NIC Asia

सन् १९६८ डिसेम्बरमा अपोलो–८ मिसनका सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए । चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए ।

‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविको राउन्डअपमा सूचीबद्ध गरिएको छ । र, लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’को सूचीमा समावेश गरिएको थियो ।

“सन् १९६८ मा अपोलो–८ को समयमा विलियम एन्डर्सले मानवतालाई अन्तरिक्षयात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,” नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत भने ।

१९३३ अक्टोबर १७ मा हङकङमा जन्मिएका एन्डर्सले अन्तरिक्षयात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि सम्बन्धित सरकारी पदहरू सम्हालेका थिए । उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने । त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतका रूपमा पनि सेवा गरेका थिए । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro