site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
समितिले माग्यो सहकारी छानबिनका प्रतिवेदन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो । सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरिएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

बैठकमा समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरु गरिएको छ । त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरूसँग पनि छलफल गर्ने निर्णय गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निर्णय पनि गरिएको सभापति थापाले बताए ।

बैठकमा सचिवालयले तयार पारेको प्रस्तावमा सदस्यहरूले अध्ययन गरी आउने बैठकमा लिखित रूपमा सुझाव दिने सहमति भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro