site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गाँजाको व्यावसायिक उत्पादन कानुनी रूपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानुनी रूपमा सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

बैठकमा समिति सभापति डा. आरजु राणाले बजेटमा उल्लेख गरेको गाँजा व्यावसायिक उत्पादन गर्न कानुन निर्माण गर्न गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन् । उनले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढेको बताइन् ।

उनले गृह मन्त्रालयको एक महिनाभित्र नियमवाली बनाउने प्रतिबद्धता सकारात्मक भएको बताइन् । सभापति राणाले आगामी भदौसम्म नियमावली बनाएर समितिलाई बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिइन् । उनले तीन महिनासम्म सरकारले गर्ने काम हेर्ने र आवश्यकताअनुसार उपसमिति बनाएर गाँजा खेतीको विषयमा आवश्यक काम गर्ने बताइन् । 

“एक महिनाभन्दा पनि आगामी भाद्र महिनासम्म गृह मन्त्रालयले बनाउने नियमावली बन्यो भने खुसी हुन्छौँ । तीन महिनासम्म सरकारले गर्ने काम हेर्छौँ । आवश्यक परे उपसमिति बनाएर काम गर्छौँ । समितिले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्नेलगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिन चाहन्छुु,” सभापति राणाले भनिन्, “गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्छ । गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल चाँडो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्दछु ।”
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro