site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनडीए संसदीय दलको नेतामा मोदी चयन, चन्द्रबाबु र नीतीशले के भने ?
फाइल तस्बिर

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एनडीए संसदीय दलको नेता चुनिएका छन् । शुक्रबार एनडीएको संसदीय दलको बैठकमा कार्यवाहक रक्षामन्त्री राजनाथ सिंहले मोदीको नाम प्रस्ताव गरेपछि उनी सर्वसम्मत रूपमा संसदीय दलको नेता चुनिएका हुन् । 

सो बैठकमा टीडीपीका प्रमुख चन्द्रबाबु नायडू र बिहारका मुख्यमन्त्री नीतीश कुमार पनि उपस्थित थिए । मोदी संसदीय दलको नेता चुनिएपछि नायडूले प्रतिक्रिया दिँदै भारतमा मोदीजस्ता नेता सही समयमा सही नेता पाएकाे बताए ।  

कार्यक्रममा बिहारका मुख्यमन्त्री नीतीश कुमारले मोदीको नेतृत्वमा विकासको काम अझ अघि बढ्ने र उनको नेतृत्वमा एनडीएका सबै दल मिलेर काम गर्ने बताए  ।

उता कार्यवाहक गृहमन्त्री अमित शाहले संसदीय दलको नेताको रूपमा  मोदीको प्रस्ताव देशका १४० करोड मानिसको प्रस्ताव भएको बताए । मोदीले आगामी पाँच वर्षसम्म देशको नेतृत्व गरून् भन्ने देशको आवाज भएको उनले बताए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro