site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनलाई ओलीको जवाफ : भैँसीको ढाडमा लात्ती हानेँ भनेर झिँगा दंग हुन्छ 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–इस्टेटबारे दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । 

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले झिँगाले भैँसीको ढाडमा लात्ती हानेँ भनेर मख्ख पर्ने भन्दै व्यंग गरेका हुन् । 

“भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, चार लात हानेँ यसपटक भनेर...,” ओलीले भने, “म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व जिम्मेवार सभ्य राजनीतिमा लानुपर्छ । असम्भ्य राजनीति होइन ।”

गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले भत्काएको न्युरोडको सडक पिच गरेको भन्दै मेयर शाहले सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध आक्रोश पोखेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro